२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमालेको नाराबाजीबीच एमसीसी टेबल गर्नु आपत्तिजनकः नेता रावल


८ फागुन, काठमाडाैँ । नेकपा (एमाले) का नेता डा भीमबहादुर रावलले प्रमुख प्रतिपक्षी दलको बिरोधका बीच अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गरिएकोमा आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताए । उनले भने, ‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १४:१५

https://srdb.com.np/