३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

एमसीसी टेबुल नगर्न सभामुखलाई माओवादी प्रमुख सचेतक गुरूङसहित तीन जनाको पत्र


८ फागुन, काठमाडाैँ ।  एमसीसी टेबुल नगर्न माओवादी प्रमुख सचेतक देवप्रसाद गुरूङसहित तीन जनाले पत्र सभामुख अग्नि प्रसाद सापकोटालाई पत्र लेखेका छन । पत्रमा गुरूङसहित जयपुरी घर्ती र रेखा शर्माले हस्ताक्षर गरेका छन ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमै गुरूङसहित तीन जनाले असहमति पत्र राखेका हुन । उनीहरुले एमसीसीमा राष्ट्रिय सहमति नभएको, संशोधनको ग्यारेन्टी नभएको, संसदमा अवरोध कायमै रहेकाले टेबल गर्न नहुने पत्रमा उल्लेख गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १३:४०

https://srdb.com.np/