३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

छेडाबजारमा सीसीटीभी क्यामेरा जडान


८ फागुन, जाजरकोट । भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् ।

जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ जिल्ला बाहिरिने तथा प्रवेश गर्ने अपराधिक मनोवृतिका मानिस तथा सवारीसाधननिगरानी गर्ने गरी क्यामेरा जडान गरिएको अध्यक्ष शाहीले बताएका छन् । सीसीटीभी क्यामेराले पालिका र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिइएको अध्यक्ष शाहीले बताएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १३:०४