३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

गौरी आधारभुत विद्यालयका ५६ विद्यार्थीलाई न्यानाे कपडा वितरणा


८ फागुन, अर्घाखाँची । पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-३ मा रहेकाे गौरी आधारभुत विद्यालयमा ट्राउजर, स्वीटर, मोजा, टोपीलगायत न्याना पाेशाक वितरण गरेकाे छ ।

न्यानाे अभियानअन्तर्गत शिशु कक्षादेखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीलाई कपडा वितरण गरेकाे संस्थाका सदस्य सन्ताेष बन्जाडेले जानकारी दिए । कपडा वितरणका क्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आगामी दिनहरूमा पनि भूमिकास्थान नगरपालिकासँग सहकार्य गरी सहयोगमा जुट्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले पहिलो पाइलाले नगरपालिकासँग सहकार्य गर्दै सहयाेग गरेकोमा धन्यवाद व्यक्त गरे । थापाले आगामी दिनमा पनि नगरभित्र रहेका विपन्नलाई सहयाेगका लागि आग्रह गर्ने बताए ।

वडा अध्यक्ष बालकृष्ण बन्जाडेसहितकाे उपस्थिति र संस्थाका सहसचिव रमेश पछाईकाे संचालन रहेकाे कार्यक्रमको संस्थाकै सदस्य सन्तोष बन्जाडेले संयाेजन गरेका थिए । सामाजिक गतिविधिमा सक्रिय याे संस्था यस क्षत्रकै चर्चित सामाजिक संस्था हाे । संस्थाले यहि वर्षभित्रै करिब तीन सय विद्यार्थीलाई सहयाेग गरिसकेकाे छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १२:४१