२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

नारायणकाजीको नजरमा एमसीसीका लागि अमेरिकाले दिएका यी हुन चार धम्की

८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा अमेरिकाले दिएको धम्कीका विषयमा गम्भीर बन्न नेपाली सञ्चार माध्यमलाई अनुरोध गरेका छन । आइतबार सामाजिक सञ्जाल मार्फत अमेरिकी धम्कीका चार तथ्य सार्वजनिक गर्दै श्रेष्ठले शनिबार अमेरिकाले वेवसाइटमा एमसीसी नेपालको सार्वभौम कुरा हो भनेर छलछाम र धोखा दिने काम गरेको बताएका छन ।

सामाजिक सञ्जलमा श्रेष्ठले यस्तो बताएका छनः

नेपालस्थित अमेरिकी दूतावासले एमसिसि कम्प्याक्ट सँझौताका बारेमा एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै णिर्णय गर्ने हो भनेर बक्तब्य निकालेको “जानकारी “नेपालका मुलधार भनिने पत्रिकाहरुले आज उच्च महत्वकासाथ प्रकाशित गरेका छन् । तर निम्न तथ्यहरुले अमेरिकी बक्तब्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ :

एक, अमेरिकी राजदुतले एमसिसि कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए ।

दुई,आमेरिकी राजदुतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्विकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौ भनेका थिए।

तिन , अमेरिकी उपमन्त्री ले भारतीय पत्रिका मार्फत अन्तर्वार्ता सार्बजनिक गरेर नेपालले एमसिसि सम्झौता अस्विकार गरेमा नेपाल र आमेरिका बीचको सम्बन्धमा पुनर्बिचार गरिनेछ भनेका थिए ।

चार , नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसिसि अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फतिमा सुमार सहितको चार जनाको टोलीले एमसिसि कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रुपमा लिनेछ भनेका थिए ।

यसरी अमेरिकाले एमसिसि कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिदै आएको स्पष्ट छ। अमेरिकी दुतावासको झुठो बक्तब्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरु सहित बास्तबिक सत्यलाई प्रकाशित गर्नुहोला ?

प्रकाशित मिति : February 20, 2022 at 12:11 pm