२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

फोहोर बोकेर मध्यरातमा नुवाकोट जाँदै गरेका दुई टिपरमा तोडफोड

८ फागुन, काठमाडाैँ । एक दशकदेखि राजमार्ग विस्तारको नाममा सडक भत्काएर नबनाएपछि आन्दोलित भएका पासाङल्हामु राजमार्गका पीडितले शनिबार राति फोहोरो बोकेको टिपरमा आक्रमण गरेका छन । मध्यरातमा स्थानीयको आँखा छलेर फोहोर फ्याँक्न सिसडोल जान लागेको दुईवटा टिपर स्थानीयले तोडफोड गरेका हुन ।

आन्दोलित स्थानीयले फोहोर बोकेको ना २ ख ५२०१ र ना ७ ख ९७९९ नम्बरका टिपर तोडफोड गरेका हुन । पीडितहरूले यो अन्तिम आन्दोलन भएको भन्दै कुनै पनि आश्वासनमा सम्झौता नहुने बताएका छन । उनीहरूले ठेकेदार शारदाप्रसाद अधिकारीलाई काम गर्न दबाब दिए पनि नटेरेपछि सडक नै बन्द गरेर फागुन १ गतेदेखि आन्दोलन जारी राखेका छन । दुई दिन सबै गाडी बन्द गरेका उनीहरूले अहिले फोहोर बोकेका गाडीमात्र रोकेका छन ।

प्रकाशित मिति : February 20, 2022 at 8:18 am