४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्रिय समाचार समिति ६१औँ वर्षमाः वर्षभरीका १० उत्कृष्ट समाचारदाता पुरस्कृत


६ फागुन, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । रासस सञ्चालक समितिको आज बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), वाग्मती प्रदेशमा देवराज सुवेदी, (सिन्धुपाल्चोक), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्ट (बैतडी) रहनुभएको छ ।

यसैगरी ‘भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू’ शीर्षकमा रञ्जीता अधिकारी (देउखुरी, दाङ) लाई आलेख समाचारमा पुरस्कृत गरिएको छ । त्यस्तै सक्रिय रुपमा फोटोग्राफीमा खटिएवापत रासस केन्द्रीय कार्यालयका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र भीषण वर्षा, बाढी/पहिरो, हिमपातका अवस्थामा पनि जोखिम मोलेर निरन्तररूपमा मनाङ जिल्लाबाट उत्कृष्ट तस्वीर सम्प्रेषण गरेवापत नवीन लामिछानेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रशंसापत्र रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १९:३२