२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

एमसीसीलाई लिएर नेपालीमाथि अमेरिकीले दिएको ‘धम्की’को चीनले प्रतिरोध गर्ने

६ फागुन, काठमाडाैँ । एमसीसीबारे अमेरिकी ‘धम्की’को चीनले प्रतिवाद गर्ने भएको छ । चीनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको आरोपसहित प्रतिवादको चेतावनी दिएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाले नेपालमाथि ‘धम्की कूटनीति’ शुरू गरेको र त्यसको चीनले प्रतिरोध गर्ने चेतावनी दिए । अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लुले नेपालले फेब्रुअरी २८ तारिख (फागुन १६ गते) सम्म मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई अनुमोदन गरिसक्न समयसीमा तोक्दै त्यसो नगरे राम्रो नहुने चेतावनी दिएका थिए ।

एमसीसीलाई लिएर नेपालमा दैनिकजसो विरोध र आन्दोलनका कार्यक्रम बढ्दै गइरहेको पृष्ठभूमिमा अमेरिकाले शुक्रबार मात्रै धम्कीपूर्ण भाषामा सामाजिक सञ्जाल मार्फत एमसीसीको बिरोध गरे जे पनि हुने चेतावनी दिएको केही घण्टामा चीनको तर्फबाट पनि त्यसको प्रतिरोध गर्ने जनाएको हो।

यो पनि पढ्नुहोस्

एमसीसीको बिरोध नगर्न नेपालीलाई अमेरिकाको चेतावनी, दूतावासले प्रयोग गर्यो धम्कीपूर्ण भाषा

प्रकाशित मिति : February 18, 2022 at 8:52 pm