८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

एमसीसीको बिरोध नगर्न नेपालीलाई अमेरिकाको चेतावनी, दूतावासले प्रयोग गर्यो धम्कीपूर्ण भाषा


६ फागुन, काठमाडौँ । अमेरिकालेको एमसीसीको बिरोध नगर्न नेपालीलाई चेतावनी दिएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर बिरोध गरे राम्रो नहुने चेतावनी दिएको हो ।

उसले एमसीसीको विषयमा हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने भन्दै बिरोध गर्दा जेसुकै हुने आशयको चेतावनी दिएको छ । एमसीसी संसदबाट अनुमोदन गर्दा अमेरिकी सेनानै नेपाल आएर बुट बजार्छन भन्ने खालका रिउमरहरू फैलिरहेको समयमा उक्त रिउमरलाई समेत बल पुग्नेगरी अमेरिकाले नै धम्कीपूर्ण भाषा प्रयोग गरेर नेपालीलाई चेतावनी दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

अहिले एमसीसीको विपक्षमा नेपालभर सडक प्रदर्शन भइरहेका छन । गाउँगाउँमा नागरिकहरू बुझेर वा नबुझेर एमसीसीको बिरोध गरिरहेका छन । उसले धम्कीपूर्ण भाषामै अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै एमसीसीको बिरोध गरे ठीक नहुने बताएको छ ।

यसअघि अमेरिकी उच्च अधिकारीले राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि टेलिफोनमा धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय बाहिर आएको थियो । अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग टेलिफोनमा एमसीसी स्वीकार नगरे राम्रो नहुने चेतावनी दिएको थियो ।

अमेरिकी दूतावसले शुक्रबार दिउँसो फेसबुकको माध्यबाट दिएको चेतावनीमा भनिएको छ, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

उसले एमसीसीको बिरोध गर्ने नेपालीहरू माथि दिएको धम्कीपूर्ण अभिव्यक्तिको चीनले प्रतिवाद गर्ने चेतावनी दिएको छ भने सामाजिक सञ्जालमा अमेरिकी धारणाको विरूद्धमा ठूलो जनमतले खेद प्रकट गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १७:००