२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

एमसीसीबारे छलफल गर्न बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक एमालेद्धारा बहिष्कार

६ फागनु, काठमाडाैँ । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन ।आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रकाशित मिति : February 18, 2022 at 12:11 pm