२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पाँच दलीय गठबन्धनको अन्तिम बैठक आज !

६ फागुन, काठमाडाैँ । पाँच दलीय सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेकाे हाे ।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दाैडधुप बढेकाे हाे ।

आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी एमसीसी अनुमोदनका लागि तयार नभए आजको बैठक पाँच दलीय गठबन्धनका नाममा अन्तिम हुनसक्ने नेपाली कांग्रेसका एक नेताले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ०७:५४