२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

कोरोनाका कारण ६ जनाको मृत्यु, ५७० जना नयाँ संक्रमित थपिए


५ फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।

पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १६:४४