१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अन्नपूर्ण पोस्टको सम्पादकमा अखण्ड भण्डारी नियुक्त

२१ साउन, काठमाडौँ । सशक्त पत्रकार अखण्ड भण्डारी अन्नपूर्ण पोस्टको सम्पादकमा नियुक्त भएका छन । बुधबारदेखि भण्डारीले सम्पादको जिम्मेवारी सम्हालेका हुन । पत्रकारितामा लामाे अनुभव भएका भण्डारी अहिलेसम्म विवादरहित पात्र हुन । उनी पत्रकारितासँगै पुस्तक लेखनमा पनि क्रियाशिल रहेका छन । भण्डारीले लेखेका दुई पुस्तक ‘समाचारको भाषा’ र ‘मलाय एक्सप्रेस’ चर्चित रहेका छन ।

उनले केहीदिन अघिमात्रै कान्तिपुरबाट राजिनामा दिएका थिए । प्रधानसम्पादक पछिको जिम्मेवारीका लागि स्वभाविक हकदार मानिएका भण्डारीले कान्तिपुर दैनिकले सम्पादकको जिम्मेवारी नदिएपछि यात्रामा पूर्णविराम लगाएका थिए । सुधिर शर्माको राजिनामापछि प्रधानसम्पादक भएर भित्रिएका नारायण वाग्लेले वामपन्थी विचारधाराका पत्रकारलाई महत्वपूर्ण जिम्मेवारी नदिने नीति लिएपछि भण्डारीले कान्तिपुर छाड्ने निष्कर्ष निकालेका थिए ।

यो पनि पढ्नुहोस्

–पत्रकार अखण्ड भण्डारीले कान्तिपुर छाड्दै, समाचार कक्षमा वामपन्थी निकटलाई ब्लक

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १७:१५