५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ : योगेश भट्टराई


४ फागुन, काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १४:०७