१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती


४ फागुन, काठमाडौं । एमाले सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए ।

भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धि अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १४:०३