२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

३ फागुन, काठमाडौँ । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।

प्रकाशित मिति : February 15, 2022 at 7:44 pm