२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

१ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।

विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो ।

प्रकाशित मिति : February 13, 2022 at 12:48 pm