५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय


२८ माघ, काठमाडाैँ । कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईँ आज–भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ । त्यहाँ काठमाडौँ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ ।

उक्त शौचालयको उद्घाटन आज गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । ‘यदि तपाईँहरु त्रिपुरेश्वरको बाटो हुँदै ओहोरदोहोर गर्दै हुनुहुन्छ र शौचको आवश्यक पर्र्यो भने अव तपाईँले स्वचालित प्रविधिमा आधारित सुविधा भएको शौचालयको प्रयोग ढुक्कसँग गर्नुसक्नुहुनेछ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हेर्दा सफा देखिने शौचालयमा महिनावरी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेसिनको समेत यहाँ व्यवस्था गरिएको छ ।’

प्रमुख शाक्यले आज उद्घाटन गरेको शौचालय मात्रै होइन महानगरपालिकाले निर्माण गर्ने हरेक शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले अब निर्माण हुने शौचालय स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुने जानकारी पनि दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाले जति पनि सार्वजनिक पार्क निर्माण गरेको छ, ती सबै ठाउँमा अनिवार्य शौचालय निर्माण गरेको छ,’ शाक्यले भन्नुभयो, ‘हरियालीको आनन्द लिदैँ पार्क घुम्न आउने हरेक नागरिकले शौचालयका लागि घर फर्किनु पर्ने वा नजिकका घरमा छिर्नुपर्ने बाध्यता नहोस् भनेर हामीले निर्माण गरेका हरेक पार्कमा पनि सेवाका लागि शौचालयको अनिवार्य व्यवस्था गरेका हौँ ।’

उहाँले वातावरणीय र जनवास्थ्यको पक्षलाई समेत ध्यानमा राखेर महानगरपालिकाले ३२ वटै वडामा यस्ता शौचालय निर्माण गर्दै जाने नीति लिएको जानकारी दिनुभयो । ‘सार्वजनिक शौचालय चाहिन्छ तर मेरो घर अगाडि हुनुहुँदैन भन्ने चलन थियो,’ शाक्यले भन्नुभयो, ‘यस्तो घनाबस्तीका बिचमा हामीले आधुनिक शौचालयको निर्माण गरेर नमूना कामको थालनी गरेका छौँ । घनाबस्तीको बिचमा पनि अब शौचालय बनाउनुपर्छ भन्ने मानसिकताको विकास यो नमूना शौचालयको उद्घानसँगै भएको छ ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार नै यस अघि चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

‘सर्वसाधारणलाई सहज शौचको व्यवस्था होस् भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटमा होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिसत छुट दिने घोषणा गरेको छ,’ शाक्यले भन्नुभयो,’ काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा समेत यस्तो शौचालयलाई प्राथमिकतामा राखेको छ ।’ उहाँले केही महिना अघि नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा पनि आधुनिक शौचालय निर्माण भएको र हाल सञ्चालमा रहेको बताउनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता शौचालय ३२ वटै वडामा निर्माण गर्ने योजना रहेको बताउनुभयो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालयको व्यवस्थापन गर्ने योजना अनुसार नै आज त्रिपुरेश्वरमा आधुनिक शौचालयको उद्घाटन गरेको जानकारी दिनुभयो । ‘यो शौचालय महिला, पुरुष र अपाङ्गता भएकाहरुलाई समेत ध्यानमा राखेर निर्माण गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यो शौचालयमा स्वचालित प्रविधिबाट हात धुने, हात सुकाउने जस्ता मेसिन पनि राखिएको छ ।’

उहाँले शौचालयमा १५ हजार लिटरको आकाशे पानी संकलन गर्ने, शौचालयबाट आउने दिशाजन्य लेदोलाई बायोडाइजेस्टरमार्फत ग्याँस निकाल्ने जस्तो प्रविधिको समेत प्रयोग गरेकाले पनि यो शौचालय आधुनिक भन्न सकिने बताउनुभयो । ‘काठमाडौँको त्रिपुरेश्वर बढी भिडभाड हुने स्थान हो । हामीले ठूलो ठाउँ मात्रै नभएर भिडभाड बढी हुने सानो ठाउँमा पनि शौचालय निर्माण गर्न सकिन्छ भनेर नमूनाका यहाँ शौचालय निर्माण गरेका हौँ ।’ उहाँले भन्नुभयो, ‘त्यसैले यस शौचालयबाट यो बाटो भई ओहोरदोहोर गर्ने आम महानगरबासीलाई सहज हुने अपेक्षा गरेका छौँ ।’

काठमाडौँ महानगरपालिका वडा–११ का अध्यक्ष हिरालाल तण्डुकारले अन्य स्थानमा पनि यस्ता शौचालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले पनि अत्याधुनिक सेवा दिने उदेश्यले आधुनिक शौचालय निर्माणको अभियान अन्तर्रगत यो शौचालय निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो शौचालय ५ सय स्वायर फिटमा निर्माण भएको छ ।

जसको लम्वाई २८ फिट र चौडाई १२ फिट छ । ‘घनाबस्ती र घर वरीपरी शौचालय निर्माण गर्दा दूर्घन्ध फैलिन्छ भन्ने पुरानो मान्यतालाई काठमाडौँ महानगरपालिकाको सहकार्यमा यस्ता शौचालय निर्माण गरेपछि तोड्न सफल भएका छौँ,’ उहाँले भन्नुभयो, ‘यहाँ हामीले शौचलय मात्रै होइन शौचालयसँग जोडिएको वातावरणीय र जनवास्थ्यको पक्षलाई पनि ध्यान दिएर निर्माण गरेका छौँ ।’

उहाँले शौचालय निर्माण गर्नु मात्रै ठूलो नभएको भन्दै व्यवस्थापनको पनि पाटो महत्वपूर्ण हुने भएकाले शौचालय निर्माणसँगै केहीलाई रोजगारीको अवसर पनि प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले करीब ३५ लाखको लगानीमा यो शौचालय निर्माण भएको जानकारी दिनुभयो । महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १५:०२