२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

२८ माघ, काठमाडौँ । ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । माघ ८ गते हराएको मूर्ति   खुमलटारस्थित क्लासिक टावरको पछाडिको करूणा मन्दिर अगाडि फेला परेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

मूर्ति भेटिएपछि  प्रमुख जिल्ला अधिकारी घनश्याम पोखरेल र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुगेका थिए ।

प्रकाशित मिति : February 11, 2022 at 9:25 am