५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तुलसीपुरकाे जुत्ताचप्पल गाेदाममा आगलागी, ५ जनाकाे जलेर मृत्यु


२८ माघ, दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे ज्यान गएकाे छ ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए । चार तले भवनमा आगलागी भएकाे हाे ।

राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०८:११