२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

स्थानीय तह निर्वाचनमा यस्तो छ राप्रपा रणनीति


२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरेको छ । बैठकमा राप्रपा महामन्त्री एवं निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए ।

राप्रपाले पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको छ । राप्रपाले फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ । यस्तै फागुन मसान्तभित्र स्थानीय तह निर्वाचनका उम्मेद्वारको टुंगो लगाइसक्ने जनाएको छ । यस्तै राप्रपाले देशव्यापी पार्टी प्रवेश कार्यक्रम र कोणसभा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १७:३३