१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

हत्याका फरार अभियुक्त भन्दै सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा देखाएर लखेटियो


२७ माघ, काभ्रे । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ताले काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई कालोझण्डा देखाएर लेखेटेका छन । उनीहरूले धुलिखेलस्थित बिपी राजमार्गमा सभामुख सापकोटालाई कालो झण्डा देखाएउँदै लखेटेका हुन ।

उनीहरूले एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न, अर्जुन लामा हत्याको फरार अपराधी भएको भन्दै सापकोटा माथि कारबाहीको माग गर्दै सामाजिक बहिष्कारको अभियान चलाउने बताए । काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सभामुख सापकोटालाई युवा विद्यार्थीले कालो झण्डा देखाएका हुन ।

विरोध पछि आन्दोलनकर्मी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला ईन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाईते भएका छन् । युवा विद्यार्थीले गरेको विरोधमा जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो ।

कार्यक्रम पश्चातको कोण सभामा राष्ट्रिय युवा संघ काभ्रेका संयोजक सागर रायमाझी र विद्यार्थी नेता सालिकराम पराजुली सम्बोधन गरेका थिए । उनले अपराधिलाई नेताको व्यहार गर्न नसकिने भन्दै गाउँगाउँमा भण्डाफोर अभियान चलाउने चेतावनी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १२:३०