५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

पनौतीको मकर मेलामा दर्शनार्थीको संख्या बढ्यो, आवागमनमा समस्या


२७ माघ, काठमाडौं । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेला दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ । दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ ।

‘भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेलामा जाने आउने दर्शनार्थीहरुको संख्या धेरै नै भएका कारण सवारी क्युको अवस्था रहेको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो दिनमा सार्वजनिक र निजी सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली खारेज भएपछि पनौतीमा लागेको मकर मेला हेर्न जानेको संख्या बढेको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १२:०६