२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया

२७ माघ, काठमाडौं । काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उदघाटन गरेका छन् । संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो ।

प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : February 10, 2022 at 12:01 pm