नगद तथा मूर्तिसहित युवक पक्राउ
२६ माघ, काठमाडौँ । काठमाडौं महानगरपलिका–१७ धोबीचौरबाट प्रहरीले काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोलाई मुर्ति र एक लाख चार हजारसात सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको छ । उनको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जाजाएको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट मूर्ति र नगद फेला पारेको जानएको छ । यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : February 9, 2022 at 4:10 pm





