५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नगद तथा मूर्तिसहित युवक पक्राउ


२६ माघ, काठमाडौँ । काठमाडौं महानगरपलिका–१७ धोबीचौरबाट प्रहरीले काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोलाई मुर्ति र एक लाख चार हजारसात सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको छ । उनको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जाजाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट मूर्ति र नगद फेला पारेको जानएको छ । यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १६:१०