२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

सभामुख सापकोटालाई हटाउन राजनीतिक दलहरूलाई अपिल

२५ माघ, काठमाडाैँ । नागरिक अगुवाहरूले सभामुख अग्निप्रसाद सापकोटाका विषयमा यथोचित निर्णय गर्न अपिल गरेका छन् ।

सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको, सरकारले प्रतिनिधिसभालाई सुम्पेको विधेयक सदनमा पेस गर्नबाट दुई वर्षभन्दा बढी समयसम्म रोक्ने कार्य गैरसंवैधानिक अभ्यास गरेको र दलहरूप्रति पूर्वाग्रह राखेको भन्दै १४ जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै यथोचित निर्णय लिई हटाउन माग गरेका हुन् ।

‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ ।’


नागरिक समूहका रूपमा यसरी विज्ञप्ति निकाल्नेहरूमा अर्जुन लामाकी श्रीमती पूर्णीमाया लामा, मानवअधिकारकर्मी, इन्द्रप्रसाद अर्याल, कनकमणि दीक्षित, केदार नर्सिङ केसी, सुशील प्याकुरेल, सुमन अधिकारी र यज्ञ थापासहित रहेका छन् ।

प्रकाशित मिति : February 8, 2022 at 10:03 pm