केपी ओलीलाई भेट्न बालकोट पुगे शेखर
२५ माघ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् ।
उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार बालकोट पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको जनाइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए ।
प्रकाशित मिति : February 8, 2022 at 9:18 pm





