२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

सरकारविरूद्ध सिंहदरबार माथिको आकाशमा युवा संघले उडायो कालो बेलुन (फोटोफिचर)

२३ माघ, काठमाडाैँ । राष्ट्रिय युवा संघको स्थानीय निर्वाचन घोषणा माग गर्दै सिंहदरबार माथि कालो बेलुन उडाएको छ । स्थानीय निर्वाचन पनि टार्ने र मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काममा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार तल्लीन बनेपछि राष्ट्रिय युवा संघले सिंहदरबार अघिबाट कालो बेलुन उडाएको प्रचार विभागका प्रमुख एवं प्रवक्ता महाराज गुरूङले दैनिकीलाई जानकारी दिए ।

बेलुन उडाउने काममा संलग्न रहेका संघका तीन जना नेतालाई प्रहरीले पक्राउ समेत गरेको छ । उनीहरूको तत्काल रिहाइ नभए संघले देशव्यापी आन्दोलन चर्काउने गुरूङले चेतावनी दिए ।

प्रकाशित मिति : February 6, 2022 at 1:34 pm