२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

गो ब्याक एमसीसी भन्दै विद्यार्थीहरू सडकमा (भिडियोसहित)


२३ माघ, काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको छ । आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध एकघण्टा चक्काजाम गरेको हो । चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर बिराध प्रदर्शन गरेका थिए ।

सो क्रममा प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् । चक्काजामका कारण केहिबेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । सो क्रममा नेकपा निकट अखिल क्रान्तिकारीका बिद्याथीहरुले मूल्यवृद्धिले जनताको जनजिवन प्रभावित पारेकाले सवै मिलेर यसको बिरोध गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीरुले एमसीसी राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १३:१०