२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

मधेस प्रदेशमा थपिए एक राज्यमन्त्री


२३ माघ, जनकपुरधाम । मधेस प्रदेशमा एक राज्यमन्त्री थपिएका छन् । नेकपा एकीकृत समाजवादीका नागेन्द्रराय यादवलाई मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाएका हुन् । यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतबाट सपथ गराइएको छ ।

यादव तत्कालीन नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका थिए । नेकपा एसबाट यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री ०७८ मंसिर ५ मा नियुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार ११:२३