२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

२१ माघ, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : February 4, 2022 at 2:14 pm