दक्षिण कोरिया जाने नेपाली कामदारको हवाइ भाडा २३ प्रतिशत घट्यो
२१ साउन, काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशतले घटेको छ । अहिलेको डलरको मूल्य अनुसार १२ हजार ९ सय ८० रुपैयाँ घटेकोछ ।
अतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।
नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकन डरलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिरे पुग्ने भएको छ ।
प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १८:१७