पछिल्लो २४ घण्टामा ३ हजार १७५ काेराेना संक्रमित थपिए, १४ जनाको मृत्यु
२० माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति : February 3, 2022 at 5:44 pm





