१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

-अर्जुन पाण्डे

सडक छेउका इटा पन्छाउन मन्त्री,

पर्खाल भत्काउन, मन्त्री

एउटालाइ पछार्ने अर्कालाइ बोक्ने मन्त्री

म नभए देशै डुब्छ भनि खोक्ने मन्त्री

पसलमा बील चेक गर्ने मन्त्री

शटर लगाएर ताला ठोक्ने मन्त्री ।

विजुलीको तार काट्न भ्यांग चढ्ने मन्त्री

क्यामरा अघि पछि लगाएर लेफ्ट राइट गर्दै बढ्ने मन्त्री

भुँइ पुछेको अनुगमनमा मन्त्री

टवाइलेट सोरेको अनुगमनमा मन्त्री

अनुगमन गर्न पेसेन्जर बनेर मीनीबसमा मन्त्री

फोटो खिचाउँदै ट्याम्पुमा मन्त्री, स्याम्पुमा मन्त्री

हवाइजहाजको इन्जीन जाच्ने मन्त्री

नाइट क्लबमा तरुनीसंग कम्मर भाँच्ने मन्त्री ।

होटल रेष्टुरामा सुद्धता जाँँच्न खानेकुरा सुघ्दै हिँड्ने मन्त्री

दाल चामल, आलुमा मिसावट चेक गर्न गुणस्तर नाप्ने मन्त्री

व्यावसायीका व्यापार पोलेर आगो ताप्ने मन्त्री

जाडो खप्न नसकी कम्वलमा मन्त्री सिरकमा मन्त्री

मन्त्रालयको काम भाँडमा जा

वाहा वाहा, टीकटकमा मन्त्री ।

खारेज गर सबै निकाय, शाखा तमाम

पुलिस के काम ? विभाग के काम ?

अब सबैको सबै काम गर्ने मन्त्री

काठमाडौंमा मात्र किन ?

अब सबै जिल्लामा राखौं मन्त्री

सबै शहरमा राखौं मन्त्री

सबै गाउँमा राखौं मन्त्री ।

प्रकाशित मिति : February 3, 2022 at 11:34 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/