बुधबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
१८ माघ, काठमाडाैँ । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ ।

गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषदकाे यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाएका छन् ।
प्रकाशित मिति : February 1, 2022 at 12:26 pm





