२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

स्थानीय तहको चुनाव नगर्ने सरकारी षडयन्त्रका विरूद्ध काभ्रेमा युवा संघको प्रदर्शन

१७ माघ, काभ्रे । चुनाव सार्ने षड्यन्त्र, खोपमा अनियमितता लगायतका विरुद्ध राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले बनेपामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

सोमबार सरकारको विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपामा मसाल जुलुस निकालिएको छ। युवा संघ काभ्रे अध्यक्ष सागर राइमाझीको नेतृत्वमा बनेपाको चार दोबाटोमा मसाल निकालिएको हो।

गठबन्धन सरकार ले जनविरोधी कामहरु र स्थानीय तहको निर्वाचन आलटाल गर्न खोजिएको भन्दै मसाल जुलुस निकालिएको युवा संघ अध्यक्ष राइमाझीले बताए। यो सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने भन्दै उनको राजिनामा मेत माग गरिएको छ।

पाँच दलको सरकारले स्थानीय तहको निर्वाचन तुरुन्त घोषण गर्दै संविधानको रक्षा गर्नुपर्ने भन्दै युवाहरूले मसाल जुलुस निकालिएको जिल्ला अध्यक्ष राइमाझिले जानकारी दिए। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय नेता राकेश लामा र बिक्रम चौलागाईंको समेत बिशेष उपस्थिती थियो ।

प्रकाशित मिति : January 31, 2022 at 10:23 pm