७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

-लक्ष्मण सिटाैला

सहरमा मात्रै थुप्रो लागेको
समृद्धिको एक छिटा
यता हाम्रा बिकट गाउँघरतिर पनि पठादिए
कस्तो धर्म लाग्थ्यो नि हजुर !
लोकतन्त्र र गणतन्त्रको मुहार
हामीलाई पनि हेर्ने मन छ ।
चुनाव आउनु अगाडि
हेलिकप्टर गाउँ आयो
हाम्रा धुरीको छानो उडे
सुकिलो मुकिलो हजुरको मुहार देखियो
सपनाहरू देखाएर हजुर जानू भो
उसैगरी जानू भो जसरी आउनु भाथ्यो
चुनावमा हजुरलाइ जिताउने उर्दि भो
हामीले उर्दि मान्यौ।
त्यो दिन देखिन

आजसम्म
हजुर फेरि गाउँ फर्केर
गाउँ सम्झेर , गाउँले सम्झिएर आको था छैन
हेलिकप्टरको पन्खाले उडाएको छानो
यता गाउँमा छाउन नसक्तै
उता हजूरलाइ ठुलो पद मिलेको कुरा
रेडियोले फुक्यो
बधाई छ हजुर
हामी यसै खेर गएपनि
हाम्रा भोट त खेर गएननि
फेरि चुनाव आउन लाग्यो भन्छन्
हजुर फेरि उसैगरी सवारी हुनेहोला
हेलिकप्टरबाट
पोहोर उदारेको छानोको घाउले
खहर नपाउदै
फेरि उतार्न आउदो हौत
यो पाली गाउँलेले तम्रा कट्टु
उदार्नी भनी बस्याछन
याद गर !

२०७८ माघ १४ गते
टाेखा नगरपालिका – ११

प्रकाशित मिति : January 28, 2022 at 2:01 pm