२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

देउवाको प्रतिगमन यात्रा ! हिजो ज्ञानेन्द्रको मतियार आज प्रचण्डको

१० माघ, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मोहरा बनाएको बताएका छन ।

पाँच दलीय गठबन्धनले आइतवार बसेको बैठकबाट आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो आरोप लगाएका हुन ।

पोखरेलले देउवाकै कारण २०५८ साले प्रतिगमन भएको दाबी गरेका छन । देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिदिएका थिए । त्यसपछि ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै देउवालाई बर्खास्दगी गरिएको थियो ।

त्यही प्रसंगलाई लिएर महासचिव पोखरेलले देउवामाथि आक्रोश पोख्दै अहिले प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन् । ुहिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो, पोखरेलले लेखेका छन, ‘आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।’

प्रकाशित मिति : January 24, 2022 at 8:39 pm