९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोभिड संक्रमण

९ माघ, जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकाेटका प्रमुख टीकाराम जैसीसहित १५ जनामा कोभिड-१९ संक्रमण भएकाे छ । कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।

संक्रमित सबैको अवस्था सामान्य छ । नलगाड , बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ०८:१०