१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शेयर बजारमा १ अर्ब बढीको कारोबार

१९ साउन, कठमाडाैँ । यसैगरी धितोपत्र बजारमा यस साता रु एक अर्ब सात करोड ६७ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको रु एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयर खरीद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन एक हजार १९१.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले
घटेर २५१.१५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा माछापुच्छे« बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु छ करोड ८७ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १६:११