२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने


२७ पुस, अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ का दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

२९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए । सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए ।

२८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार ११:४६