१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलमा अपराजित टाइम्सलाई उपाधि


२४ पुस, काठमाडौँ । अपराजित रहँदै टाइम्सले शनिबार प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित गर्‍यो ।

राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक योगदान गरे । मनीष नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ अंक जोडे । टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक पनि जितका लागि महत्त्वपूर्ण रह्यो ।

तीन क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउँदै टाइम्स उपाधि चुम्न सफल भयो । टाइम्स पहिलोमा १४–१६, दोस्रोमा १८–२१ र चौथोमा १२–१६ ले पछि परेको थियो । तेस्रो क्वाटरमा २६–१४ को अग्रता लिँदै टाइम्सले उपाधि सुनिश्चित गर्‍यो । उपाधिसँगै टाइम्सले १ लाख नगद पुरस्कार पायो । रोयलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

१८ पुसदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार २०:३३