१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

भिक्टोरियाको के टाउन बलर्स क्लबलाई मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताको उपाधि


१८ पुस, अष्ट्रेलिया । एडिलेडमा आयोजित मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा भिक्टोरियाको के टाउन बलर्स क्लबले जित हासिल गरेको छ । नेप्लिज एडिलेड बास्केटवल(न्याब)क्लबद्वारा आयोजित प्रतियोगितामा बलर्स क्लबले आयोजक न्याबलाई पुरुष तर्फको खेलमा ६४ का बिरुद्ध ७३ अंक सहित बिजय भएको थियो । यसै गरि महिला तर्फको खेलमा बलर्सले न्याबलाई ११ का बिरुद्ध २५ अंक सहित बिजयी भएको थियो |

समापन कार्यक्रममा विजयी टिमलाई न्याबका सचिव रोश धमला सहित खेलको प्रायोजक रहेको ग्रेस इन्टरनेशनल एडिलेडका मन्जिश प्रधानाङ्गले मायाको चिनो वितरण गर्नुभएको थियो । कार्यक्रममा न्याबलाई महत्वपुर्ण सहयोग गरे वापत एनआरएनए साउथ अष्ट्रेलियाको पुर्व सचिव डोल्कर गुरुङ र पुर्व युवा संयोजक थिर गुरुङलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १२:२६