१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना

१७ साउन,काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ ।प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त हुने रकम अक्षयकोषमा राखी हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने सोही प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

साझा प्रकाशनका महाप्रबन्धकसमेत रहनुभएका शर्माको २८८ पृष्ठको उक्त कृति पहिलो संस्करणमै ११ हजार ५०० प्रति प्रकाशित भएको र सोको बिक्रीबाट प्राप्त हुने सबै रकम कोषमा राखिनेछ । साथै पुस्तक पढेर प्राप्त हुने प्रतिक्रियाको अभिलेखका आधारमा गोलाप्रथाबाट तीन पाठकलाई जनही रु २५ हजारसहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । यस प्रकारको पुरस्कार साहित्यिक क्षेत्रमा पहिलो मानिएको छ ।

प्रतिष्ठानले रु एक लाखको ‘शमी साहित्य साधना सम्मान’लगायत पुरस्कार पनि प्रदान गर्दै आएको छ ।
सो कृति आगामी शनिबार विमोचन गरिने बताइएको छ ।

प्रकाशित मिति : August 2, 2018 at 11:01 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/