४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एसीसी यु-१९ एसिया कप : नेपाललाई श्रीलंकाको विशाल लक्ष्य

काठमाडौं, ११ पुस । दुई ब्याट्स म्यानले अर्धशतक बनाएपछि एसीसी यु-१९ एसिया कपको दोस्रो खेलमा श्रीलंकाले नेपाललाई जितका लागि ३२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु विक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको हो ।

श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै, चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए । नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपालकाे हारले एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।

यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ ।

नेपाली टिम
देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), वसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्सनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १५:३८