१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

एडिलेडमा मैत्रीपूर्ण बास्केटवल हुँदै

१० पुस,  एडिलेड । नेप्लिज एडिलेड वास्केटवलको आयोजनामा यहि डिसेम्वर २८ मा साउथअष्ट्रेलिया र भिक्टोरियाका दुई क्लव विच मैत्री पुर्ण खेल हुने भएको छ । नेप्लिज एडिलेड वास्केटवलका अध्यक्ष सनम महर्जनका अनुसार भिक्टोरिया मेलबर्न के टाउन बलर्स संग आयोजक क्लवले एडिलेडमा मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

उहाँका अनुसार क्लवले अन्य राज्यका टिमहरुका विचमा पनि प्रतियोगिता गर्ने सोच वनाए पनि कोभिडको समस्याले गर्दा दुई राज्यका टिम विचमा खेल हुन लागेको जानकारी दिनुभयो ।  खेलमा महिला तथा पुरुषका टिमहरु विचमा खेल हुने र विजयी टिमलाई मायाको चिनोको साथमा प्रमाण पत्र समेत दिईने जानकारी दिनुभयो ।

सन् २०१७मा बास्केटवल प्रेमी नेपाली मुलका खेलाडीहरुले सुरु गरेको नेप्लिज एडिलेड वास्केटवलले यहाका विभिन्न स्थानिय क्लवहरु संग खेलहरु खेल्दै आएको छ । क्लव गत वर्ष द लाइट्सको सोसल गेमको फाइनल सम्म पुग्न सफल भएको थियो । भने गत दशैमा दशै कप वास्केटवल प्रतियोगिता समेत आयोजना गरेको थियो ।

नेप्लिज एडिलेड बास्केटबल टिम ।
नेप्लिज एडिलेड बास्केटवलको महिला टिम ।
के टाउन बलर्स मेलबर्न बास्केटबल पुरुष टिम ।
के टाउन बलर्स मेलबर्न महिला बास्केटबल टिम ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ०९:३९