१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पीएम कप सुदूरपश्चिम छनौटः खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक गरिएको छ ।

शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार छनौट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । यस्तै समूह बी मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।

प्रतियोगिता अन्र्तगत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्पर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन् । पुस १६ गते पहिलो खेलमा दार्चुला र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ । पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

यसका साथै पुस १८ गते पहिलो खेलमा कैलाली र डोटी भिड्दा दोस्रोमा बैतडी र बझाङ आमनेसामने हुनेछन् । पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदानमा उत्रनेछन् ।

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २० गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हँुदैछ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १८:३७