१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

यू-१९ एसिया कप: बंगलादेशको सामना गर्दै नेपाल


९ पुस, काठमाडाैँ । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।

बंगलादेश नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

नेपाली टिममा देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद र राहुल भण्डारी रहेका छन भने मुख्य प्रशिक्षक बसन्त शाही छन ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०८:५१