१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवक सञ्जीव भुजेलको लेक लागेर मृत्यु

१५ साउन, साेलु । तिब्बतमा ट्रेकिङ गएका नेपाली युवक सञ्जीव भुजेलको लेक लागेर मृत्यु भएकाे छ । सोलु दूधकुण्ड नगरपालिका¬७ का  भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको हाे । विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको बताइएकाे छ ।

 

केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिनुभयो । उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ ।

रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताउनुभयो ।

 

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार २३:०७