१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पहिरो र लेदोले थुनिएको नुवाकोटको तादी खोला खुल्यो, सतर्क रहन प्रहरीको अाग्रह

१५ साउन, काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा लेदोसहितको पहिरोले थुनिएको ताली खोला खुलेको छ । मंगलबार दिउँसो सिम्टाङमा भीर खस्ने र माथिबाट लेदाे आउनेक्रम एकै पटक हुँदा तादी थुनिएको थियो ।

नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त कुँवरले खोलो आफ्नो अवस्थामा बगीसकेको जानकारी दिँदै कुनै खतराको अवस्था नरहेको बताए । उनले भने ‘पहिरोले खोलो थुनिएको हल्ला आएपछि हामीले स्थानीयसँग बुझ्यौँ पहिरो र लेदो एकैपटक हुँदा केहीबेर थुनिएको खोलो आफ्नै धारमा बगिसकेको जानकारी आएको छ ।’ एसपी कुँवरले खतरा अहिले नदेखिए पनि तटिय क्षेत्रका बासिन्दाले सतर्कता अपाउनुपर्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १९:१३